नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
नेपालगन्ज उपमहानगरपालिका द्वारा किटजन्य रोग रोकथाम  सम्बन्धी अभिमुखीकरण कार्यक्रम को आयोजना

नेपालगन्ज उपमहानगरपालिका द्वारा किटजन्य रोग रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम को आयोजना

असार-३०, बाँके - नेपालगंज उपमहानगरपालिका ले आज बुधबार डेंगु लगायत कीट जन्य रोग को रोकथाम तथा नियन्त्रण लागि अभिमुखीकरण कार्यक्रमको आयोजन गरेको छ ।

 

डेंगु ,चिकनगुनिया, स्क्रब, मलेरिया, लगायत किटजन्य रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम मा चालु आर्थिक वर्ष को हालसम्म जिल्लामा पाँच जना मा डेंगु संक्रमण देखापरेको जनाइएको छ ।

 

बाँके किटजन्य रोग को उच्च जोखिम मा रहेको र नेपालगंज उपमहानगरपालिका वड़ा न १८ कारकांदो स्थित एउटा ग्यारेज मा काम गर्ने मजदूर र पाहुना मा डेंगु देखा परेको स्वस्थ्य कार्यालय बाँके का फोकल पर्सन रत्न लाल शर्मा ले जनाएका छन ।

 

यसका साथै आर्थिक वर्ष ०७५/७६ मा २४ जना मा डेंगु देखापरेको  थियो भने,आर्थिक वर्ष ०७६/७७मा ९१ जना मा डेंगु संक्रमण देखा परेको फोकल पर्सन शर्मा ले जनाएका छन । बाँके किटजन्य रोग को उच्च जोखिम मा रहेको समेत जानकारी गराएका छन ।

१४ Jul २०२१ , ६:५८pm
हाम्रो आवाज