नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
माैद्रिक नीति तयारीकै चरणमा छ, उपयुक्त समयमा ल्याउँछाैं  : प्रवक्ता ढकाल

माैद्रिक नीति तयारीकै चरणमा छ, उपयुक्त समयमा ल्याउँछाैं : प्रवक्ता ढकाल

साउन ३, काठमाडाैं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति तयारीको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल भइरहेको बताए। पूर्वगर्भनरहरुसँग छलफल गर्न बाँकी नै रहेको उनले बताए। सुझाव संकलन र आन्तरिक तयारी गरिरहेको उनले बताए। 

‘आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौँ। एक/दुईवटा सरोकारवाला खासगरी पूर्वगर्भनरज्यूहरुसँग सुझाव संकलन गर्ने काम बाँकी छ। र, सो सुझाव संकलनको आधारमा हामी मौद्रीक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ।’

सरकारले आर्थिक वर्ष २०७८/७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकार परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने चासोको विषय बनेको छ।

१८ Jul २०२१ , ३:३८pm
हाम्रो आवाज