नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
एसईईको नतिजा नआई कक्षा ११ मा भर्ना नलिन निर्देशन

एसईईको नतिजा नआई कक्षा ११ मा भर्ना नलिन निर्देशन

साउन ४, काठमाडौं । एसईईको नतिजा प्रकाशन नभई कक्षा ११ मा भर्ना नलिन काठमाडौं महानगरपालिकाको शिक्षा शाखाले निर्देशन दिएको छ। काठमाडौंका अधिकांश विद्यालयले कक्षा ११मा भनाृ लिन थालेसँगै महानगरले सूचना प्रकाशित गरी तत्काल भर्ना नलिन निर्देशन दिएको हो। 

महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले कक्षा ११ को भर्ना नलिन सूचना जारी गर्दै लिएको भए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएका छन्।

महानगरपालिकाले कक्षा ११ मा भर्ना गर्दा नै कक्षा ११ र १२ मा विद्यार्थीसँग लिइने कुल रकमसमेत तोक्न भनेको छ। साथै विद्यार्थीसँग रजिष्ट्रेसन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिन, विद्यार्थीलाई किताब, ड्रेस र अन्य शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा खरिद गर्न बाध्य नगर्न समेत निर्देशन दिइएको छ।

त्यसैगरी, माध्यमिक विद्यालय र कलेजले तोके अनुसारको छात्रवृत्ति अनिवार्य रुपमा प्रदान गर्नुपर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको विवरण शैक्षिक सत्र शुरु भएको २ महिनाभित्र शिक्षा विभागमा पेश गरिसक्न पनि महानगरपालिकाले निर्देशन दिएको छ।

 

१९ Jul २०२१ , १०:०४am
हाम्रो आवाज