नेपाली समय:

वि.सं २०८१ बैशाख २९   शनिवार

EnglishEN
चीनको हेनानमा १ हजार वर्षयताकै ठूलो वर्षा, १२ जनाको मृत्यु

चीनको हेनानमा १ हजार वर्षयताकै ठूलो वर्षा, १२ जनाको मृत्यु

साउन ६, काठमाडौं- चीनको मध्य हेनान प्रान्तको अधिकांश ठाउँ बुधबारको पानीले तल परेको थियो। हेनानको राजधानी झेंग्झोंमा कम्तिमा पनि एक दर्जन मानिसको मृत्यु भएको छ।

मौसमबारे अध्ययन अनुसन्धान गर्नेहरुका अनुसार पछिल्लो १ हजार वर्षको सबैभन्दा भीषण वर्षा हेनानमा भएको समाचार संस्था रोयटर्सले जनाएको छ। 

बाढीका कारण १ लाख भन्दा धेरै मानिस घर बाहिर भएका छन्। सञ्चारमाध्यम र इन्टरनेटहरुमा सार्वजनिक भएका भिडियोहरुमा सडकहरु पानीले भरिएका छन् र मानिसहरुको छातीसम्म पानीले डुबेको छ। राष्ट्रपति शी चिनफिङले बुधवार भने "बाढी रोकथामको स्थिति निकै गम्भीर'' थियो।

स्थानीय मिडिया रिपोर्टहरुका अनुसार झेंग्झोंमा करिब ७ सय यात्रु कम्तिमा पनि ४० घन्टादेखि रेलमा फसिरहेका छन्।
बाढीका कारण अस्पतालहरुमा बिजुली अवरुद्ध हुँदा ६ सय बिरामीलाई अन्यत्र सारिएको छ। 

बाढीले साना सवारीसाधन बगाइरेको, मानिसहरुको उद्धार गरेको चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। 

२१ Jul २०२१ , २:२७pm
हाम्रो आवाज