नेपाली समय:

वि.सं २०८१ बैशाख २०   बिहीवार

EnglishEN
डुढुवा खोला मा डुबेर नेपालगञ्ज को तीन जना युवक को मृत्यु

डुढुवा खोला मा डुबेर नेपालगञ्ज को तीन जना युवक को मृत्यु

साउन-६, बाँके - कोहलपुर नगरपालिका वडा नं १० डुढुवा खोला मा डुबेर आज बुधबार नेपालगन्ज का  तीन जना युवक को मृत्यु भएको छ ।

 

उक्त खोलामा पौडी खेल्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका सदरलाइनका रसिद जशगढ (बर्ष १८), नेपालगंज श्रृष्टिहल लाइन वडा नं ११ का अरमान जशगढ (बर्ष १८) र आरीस जशगढ (बर्ष १७)  को खोलामा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

 

ईलाका प्रहरी कार्यालय कोहलपुर को  सहयोग मा गोताखोर टोली परिचालन गरी घटना स्थल बाट मृतक तीन जनाकाे शव फेला  पारिएको र त्यसलाई पाेष्टमार्टमका लागि अस्पताल पठाइएकाे प्रहरी ले जनाएको छ ।

 

पाँच जना मध्ये दुई जना नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ का अमन जशगढ र नेपालगञ्ज वडा नं १६ का इरफान जशगढ सकुशल उद्दार गरिएको जनाइएको छ ।

 

घटना को थप बिबरण आउन बाँकी रहेको प्रहरी ले जनाएको छ

२१ Jul २०२१ , ८:१२pm
हाम्रो आवाज