नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
फाइजर र एस्ट्राजेनेकाको दुवै डोज ‘डेल्टा भेरियन्ट’विरुद्ध प्रभावकारी

फाइजर र एस्ट्राजेनेकाको दुवै डोज ‘डेल्टा भेरियन्ट’विरुद्ध प्रभावकारी

साउन ७, काठमाडौं- फाइजर र एस्ट्राजेनेकाको दुवै डोज लगाउँदा ‘डेल्टा भेरियन्ट’विरुद्ध प्रभावकारी हुने पाइएको छ।

बुधबार प्रकाशित भएको ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा निकै संक्रामक मानिएको उक्त भेरियन्टविरुद्ध फाइजर र एस्ट्राजेनेको दुई डोज लगाएका व्यक्तिमा प्रभावकारी देखिएको उल्लेख गरिएको छ।

डेल्टा भेरियन्टविरुद्ध फाइजरको दुई डोज लगाएका व्यक्तिमा खाेप ८८ प्रतिशत र अल्फा भेरियन्टविरुद्ध ९३.७ प्रतिशत प्रभावकारी देखिएको छ 

यस्तै, एस्ट्राजेनेको दुई डोज डेल्टा भेरियन्टविरुद्ध ६७ प्रतिशत र अल्फा भेरियन्टविरुद्ध ७४.५ प्रतिशत प्रभावकारी पाइएको छ।

यसअघि पब्लिक हेल्थ इंग्ल्यान्डले डेल्टा भेरियन्टविरुद्ध पहिलो डोज ३३ प्रतिशत प्रभावकारी रहेको जनाएको थियो।

उक्त अध्ययनमा एस्ट्रजेनेकाको पहिलो डोज ३० प्रतिशत र फाइजरको पहिलो डोज ३६ प्रतिशत प्रभावकारी रहेको समेत पाइएको छ।

 

 

 

 

 

 

२२ Jul २०२१ , ५:१५pm
हाम्रो आवाज