नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
बैङ्किङ कसुर मा सजाय पाएका फरार व्यक्ति बाँके प्रहरी द्वारा पक्राउ

बैङ्किङ कसुर मा सजाय पाएका फरार व्यक्ति बाँके प्रहरी द्वारा पक्राउ

साउन- ७, नेपालगन्ज - बाँकेमा बैङ्किङ कसुर मुद्दामा सजाय भएका एकजना फरार व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

 

बाँके कोहलपुर नगरपालिका वडा नं. ११ बस्ने वर्ष ३८ को विष्णु जिवन धिताल (संज्याल) नाम भएको फरार व्यक्ति लाई

जिल्ला प्रहरी कार्यालय बाँके द्वारा पक्राउ गरिएको हो ।

 

पक्राउ परेका विष्णु जिवन धिताल लाई  सम्मानित जिल्ला अदालत बाँके ले बैङ्किङ कसुर मुद्दामा गत फागुन १२ गतेको फैसलाले ३ दिन कैद र रु.२,८०,०००।– (दुई लाख अस्सी हजार रुपैयाँ) जरिवानासहित सजाए गरिएको थियो ।

 

कैद र जरिवाना न तिरी हाल सम्म फरार रहेको जिवन धिताल लाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले   पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ ।

२२ Jul २०२१ , १०:३८pm
हाम्रो आवाज