नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
अबैध लागु औषध ब्राउन सुगर सहित ३ जना बाँके प्रहरी द्वारा पक्राउ

अबैध लागु औषध ब्राउन सुगर सहित ३ जना बाँके प्रहरी द्वारा पक्राउ

साउन - ९, बाँके - नेपालगञ्ज वड़ा न १२ कोरियनपुर कोठा भाड़ा मा लिएर अबैध लागु औषध ब्राउन सुगर को कारोबार मा संलग्न दुई भारतीय नागरिक सहित ३ जनालाई लागुऔषध ब्राउन सुगर सहित बाँके प्रहरी ले पक्राउ गरेको छ ।

 

लागु औषध व्युरो नेपालगञ्ज ले प्राप्त गरेको सुचनाको आधारमा नेपालगञ्ज वड़ा न १२ कोरियनपुर मा रहेको एउटा घरबाट भारतको बहराईच जिल्ला कोतवाली नानपारा बाईपासका २८ वर्षिय सलमान खान, भारत लखनऊ कोतवाली घर भएका २८ वर्षिय मुस्तकिम र नेपालगञ्जवड़ा न ११ टाँगा स्टेन घर भएको  २१ वर्ष को आजाद कबडियालाई अवैध लागू औसध ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

 

लागु औषध व्युरो नेपालगञ्ज को प्रहरी टोली ले लागू औषध कारोबार मा पक्राउ परेका व्यक्ति हरू बस्दै आएको कोठा मा खांनतलासी गर्दा ४३ ग्राम ब्राउन सुगर , डिजिटल तराजु र दिल्ली क्राइम भ्रषटाचार विरोधी मोर्चा लेखेको पक्राउ पर्ने सलमान खान को नाम को आईडी समेत बरामद गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ । 

२५ Jul २०२१ , ३:४५pm
हाम्रो आवाज