नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
नेपालगन्ज, सहित बाँके का चार पालिका मा कोरोना खोप (भेरोसेल) को पहिलो मात्रा दिने कार्य सुरू

नेपालगन्ज, सहित बाँके का चार पालिका मा कोरोना खोप (भेरोसेल) को पहिलो मात्रा दिने कार्य सुरू

साउन -१०, नेपालगन्ज - बाँकेका चारवटा पालिकामा आज आइतवार साउन १० गतेदेखि  भेरोसेल कोरोना खोप को पहिलो मात्रा लगाउन थालिएको छ ।

 

निर्धारित लक्षित उमेर समुहलाई लक्षित गरि भेरोसेल खोप को पहिलो मात्रा लगाउन् थालिएको छ । नेपालगन्ज उपमहानगरपालिका,कोहलपुर नगरपालिका,जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा खोपको पहिलो मात्रा लगाईने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी जनाएका छन।

 

यस खोप कार्यक्रम मा ५५ वर्ष र सो भन्दा माथिका उमेर समूहले खोप लगाउन पाउने भएका छन । यसका साथै प्राध्यापक, शिक्षक ,कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक समेत भेरोसेल को पहिलो मात्रा खोप लगाउन पाउने छन। 

 

स्वास्थ्य कार्यालय बाँकेले खोप लगाउन जाँदा ५५ वर्ष माथि का नागरिकले नागरिकता वा उमेर खुल्ने प्रमाणपत्र  र शिक्षक, कर्मचारीहरुको हकमा संस्थाले जारी गरेको परिचय पत्र सहित वड़ा मा भएको आधारभुत स्वास्थ्य केन्द्र मा सम्पर्क गर्न सक्ने जनाइएको छ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाइने समय निर्धारण गरिएको छ । यसका साथै साउन १० गते देखि १२ गते सम्म खोप लगाइने कार्यक्रम रहेको छ ।

२५ Jul २०२१ , ५:५६pm
हाम्रो आवाज