नेपाली समय:

वि.सं २०८२ आषाढ १९   बिहीवार

EnglishEN
राज कुन्द्रालाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

राज कुन्द्रालाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

साउन १२, काठमाडौं । अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ। 

राज कुन्द्रा २२ जुलाईमा पक्राउ परेका थिए। त्यसपछि उनी प्रहरी हिरासतमा थिए। उनीसँगै पक्राउ परेका रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा पठाइएको छ। 

मुम्बई प्रहरीले राज कुन्द्रालाई अश्लिल फिल्म बनाउने र त्यसलाई एपमा राखेको आरोपमा पक्राउ गरिएको जनाएको छ। 

मुम्बई प्रहरीका अनुसार क्राइम ब्रान्चमा फेब्रुअरी २०२१ मा कुन्द्राविरुद्ध अभियोग दर्ता गरेको थियो। प्रहरीका अनुसार यस प्रकरणमा कुन्द्रा सहभागी हुने पर्याप्त प्रमाण फेला परेको छ।

२७ Jul २०२१ , २:४३pm
हाम्रो आवाज