नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
३४ बुँदे मागसहित बाँकेका शिक्षकहरू एक दिने रिले अनसनमा

३४ बुँदे मागसहित बाँकेका शिक्षकहरू एक दिने रिले अनसनमा

साउन १५, बाँके । नेपाल शिक्षक महासंघको आह्वानमा ३४ बुँदे मागसहित बाँकेका शिक्षकहरू आज एक दिने रिले अनसनमा बसेका छन ।

गुणस्तरीय शिक्षाका लागि कुल बजेटको २० प्रतिशत भाग शिक्षा क्षेत्रका लागि छुटाउनुपर्ने, शिक्षा ऐन जारी गर्नुपर्ने, लगायतका बिभिन्न ३४ बुंदे  मागहरू सम्बोधन नभएको ले रिले अनसन सुरू भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका कार्यालय को प्रांगड़ मा बिहान ८ बजेदेखि सुरू भएको रिले अनसन अपराह्न ४ बजेसम्म  हुने  भएको छ ।

नेपाल सरकारले आफ्नो  ३४ बुंदे मागलाई सम्बोधन नगरेकोले रिले एक दिने रिले अनसनमा बस्नु परेको शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादव ले बताएका छन ।

यसै गरि बिगतमा शिक्षक महासंघसँग गरिएका समझौता हरू कार्यान्वयन नभए सम्म आगामी दिनमा पनि आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता प्रदान गर्ने बताएका छन ।

३० Jul २०२१ , ३:१०pm
असलम खान