नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
सामुदायिक विद्यालयका बिपन्न छात्राहरूलाई नेपालगन्ज उपमहानगरपालिकाद्वारा साइकल वितरण

सामुदायिक विद्यालयका बिपन्न छात्राहरूलाई नेपालगन्ज उपमहानगरपालिकाद्वारा साइकल वितरण

साउन १९, बाँके । नेपालगन्ज उपमहानगरपालिकाद्वारा आज एक कार्यक्रमका बीच नेपालगन्जको सामुदायिक विद्यालयका छात्राहरूलाई सहयोग स्वरूप निशुल्क साइकल बितरण गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बितरण गरिएको साइकलले सामुदायिक विद्यालय का अतिबिपन्न छात्राहरूले आवश्यक सहयोग तथा लाभ प्राप्त गरेकोमा खुसी तथा धन्यबाद व्यक्त गरेकी छन ।

साइकल बितरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलस शमशेर राणा ,उपप्रमुख उमा थापा मगर, शिक्षा बिभागका प्रमुख गोरखबहादुर थापा लगायतको उपस्थितिमा साइकल बितरण गरिएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत छात्रा हरूलाई साइकल बितरण गरिएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख राणाले जनाएका छन । 

छात्राहरूलाई गरिएको साइकल बितरणले अबका दिनहरूमा टाढा टाढाबाट आउने छात्राहरूलाई बिद्यालय आवत जावतमा सजिलो हुने उपप्रमुख उमा थापा मगरले जनाएकी छिन ।

मुख्य रूपमा बिपन्न छात्राहरूलाई लक्षित गरि नेपालगन्जको सल्ल्यानी बागमा रहेको १७३ जना छात्राहरूलाई साइकल बितरण गरिएको छ  ।

३ Aug २०२१ , २:५५pm
हाम्रो आवाज