नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
अफगानिस्तानबारे ५ पूर्वराजदूतको वक्तव्य : सार्क अध्यक्षको हैसियतले नेपालले भूमिका खेलोस्

अफगानिस्तानबारे ५ पूर्वराजदूतको वक्तव्य : सार्क अध्यक्षको हैसियतले नेपालले भूमिका खेलोस्

भदौँ ८, काठकाडौँ । अफगानिस्तानको राजनीतिक अवस्थाबारे पाँचजना पूर्वराजदूतहरुले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार संयुक्त वक्तव्य जारी गर्दै पूर्वराजदूतहरुले सार्कको अध्यक्षको हैसियतले नेपालले भूमिका खेल्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल सरकारको ध्यानाकर्षणका लागि संयुक्त वक्तव्य जारी गर्ने पूर्वराजदूतहरुमा हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, दुर्गेशमान सिंह, सुरेश चालिसे र महेश मास्के छन् ।  

पूर्वराजदूतहरुको वक्तव्यमा भनिएको छ, ‘अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता  सार्क सदस्य राष्ट्रहरुका लागि चासो र चिन्ताको विषय भएको छ,।।।। यो गम्भीर  मोड  मा  सार्कको अध्यक्षको हैसियतमा नेपालले यस क्षेत्रमा स्थिरताका लागि  महत्वपूर्ण   भूमिका खेल्न  सक्छ  ।’

संयुक्त वक्तव्यमा अगाडि भनिएको छ, ‘हामी नेपाल सरकारलाई अफगानिस्तानको राजनैतिक घटनाक्रमले उत्पन्न चुनौतिहरुलाई सम्बोधन गर्न तुरुन्तै  सरोकार वाला देशहरुसँग वार्ताका लागि आवश्यक पहल गर्न आग्रह गर्दछौं ।’

अफगानिस्तानमा विकसित भैरहेको स्थितिले यस क्षेत्रको सामाजिक–आर्थिक, आप्रवासन  र सुरक्षा मामलामा  दूरगामी परिणाम पर्ने निश्चित  रहेको बताउँदै वक्तव्यमा भनिएको छ, ‘यद्यपि तालिबानले अफगानिस्तानमा आममाफीको घोषणा गरेको छ, महिलालाई काम र स्कुलमा फर्कन र सरकारमा सहभागी हुन अह्वान  गरेको छ र देशको शासनका लागि अन्य समूहहरुसँग वार्ता गरी समाधान निकाल्नका लागि काम गरिरहेको छ ।’

तर उनीहरुले  मान्यता पाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई गरेको अपिल सत्तामा रहँदाको  उनीहरुकै  बिगतको व्यवहार र वर्तमानमा देश छाड्न चाहने नागरिकहरुप्रतिको दुर्व्यवहारका  कारणले गर्दा संशयको  घेराभित्र रहेको वक्तव्यमा उल्लेख छ । 

२४ Aug २०२१ , १२:२६pm
हाम्रो आवाज