नेपाली समय:

वि.सं २०७८ मंसिर २२   बुधवार

EnglishEN
नागढुंगामा पहिरो खस्यो, काठमाडौं भित्रिने गाडी रोकिए

नागढुंगामा पहिरो खस्यो, काठमाडौं भित्रिने गाडी रोकिए

भदौ १३, काठमाडौँ । काठमाडौंको नागढुंगा स्थित चिसापानीमा पहिरो खसेको छ । पहिरोका कारण त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने सवारी साधन रोकिएका छन् ।

नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा पहिरो गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० रमेश बस्नेतले रातोपाटीलाई बताए । सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको एसपी बस्नेतले जानकारी दिए । 

२९ Aug २०२१ , १२:२७pm
हाम्रो आवाज