नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
नेपालगंज उपमहानगरपालिका अन्तर्गत  मेलमिलाप केन्द्र सञ्चालनका लागि निर्देशिका तयार

नेपालगंज उपमहानगरपालिका अन्तर्गत मेलमिलाप केन्द्र सञ्चालनका लागि निर्देशिका तयार

बाँके, मङ्सिर १७  नेपालगंज उपमहानगरपालिका अन्तर्गत स्थानीय स्तरमा स्थापना गरिने सामुदायिक मेलमिलाप केन्द्र सञ्चालनका लागि निर्देशिका तयार गरिएको छ । नेपालगंजको सुनाखरी कटेजमा भएको निर्देशिका सम्बन्धि विशेष छलफलमा निर्देशिका तयार भएको जानकारी प्राप्त गरिएको छ । सामुदायिक मेलमिलापकर्ता समाज काठमाडौँ नेपाल र जी आई जेड भन्ने संस्थाको सहयोगमा नेपालगंज उपहानगरपालिका अन्र्तगत तयार पारिएको उतm निर्देशिकामा १८ वटा बुँदाहरु रहेका छन् ।        

‘विवादको साटो मेलमिलापको बाटो’ भन्ने मुख्य उद्देश्यका साथ स्थानीय स्तरमा उठेका सामान्य प्रकृतिको देवानी विवादलाई मेलमिलापको माध्यमबाट स्थानीय स्तरमा समाधान गर्नेहेतुले मेलमिलाप केन्द्रको आवश्यकता रहेको ले उक्त निर्देशिका तयार परिएको जानकारी सामुदायिक मेलमिलापकर्ता समाज नेपालकी अध्यक्ष शोभा बस्नेतले दिएकी छिन् । निर्देशिका सम्बन्धि  कार्यविधि छलफलमा विभिन्न वडाका १७ जना मेलमिलापकर्ताहरुको सहभगिता थियो । 

यसकासाथै नेपालगंज उपमहानगरपालिकाको उपमेयर उमा थापामगर र उपमहानगरपालिकाको कानुनी सल्लाहकार अधिवक्त  लोकबहादुर शाहको उपस्थितीमा निर्देशिका सम्बन्धि विषयमा छलफल भएको हो ।  
 

३ Dec २०१९ , ३:५९pm
हाम्रो आवाज