नेपाली समय:

वि.सं २०८१ बैशाख २६   बुधवार

EnglishEN
पञ्जशीरलाई पूर्ण रुपमा आफ्नो कब्जामा लिएको तालिबानको दाबी

पञ्जशीरलाई पूर्ण रुपमा आफ्नो कब्जामा लिएको तालिबानको दाबी

भदौँ २१, काठमाडौँ । अफगानिस्तानको पञ्जशीर प्रान्तको पूरा नियन्त्रण आफ्नो हातमा भएको तालिबानले दाबी गरेको छ । ​तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक बयान जारी गर्दै आफ्नो नियन्त्रण नभएको अफगानिस्तानको अन्तिम इलाका अब उसको कब्जामा भइसकेको जानकारी दिए ।

यद्यपि, तालिबानविरुद्ध लडिरहेको विरोधी बल नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले यो दाबी अस्वीकार गरेको छ ।​ एनआरएफका प्रवक्ता अली मेसमले बीबीसीसँग भने, ‘यो साँचो होइन, तालिबानले पञ्जशीरमाथि कब्जा जमाएको छैन । म यो दाबी अस्वीकार गर्छु ।’

तर सोसल मिडियामा सार्वजनिक भइरहेका तस्बिरमा तालिबान लडाकू प्रान्तिय गभर्नरको कम्पाउन्डको ढोका अगाडि उभिरहेको देखिएका छन् ।

बीबीसीले स्वतन्त्र रुपमा यसको पुष्टि नगरेको बताएको छ ।

आइतबार विरोधी गुटको अफगानका नेता अहमद मसूदले आफूहरु तालिबानको सैन्य अभियान रोक्नका लागि शान्तिवार्ताका लागि इच्छुक भएको बताएका थिए ।

तालिबानले आफ्नो बयानमा अफगानका जनताले अब शान्तिपूर्ण, समृद्ध जीवन, स्वतन्त्रताको आनन्द र भाइचारा प्र्राप्त गर्ने बताएको छ ।

६ Sep २०२१ , १:२५pm
हाम्रो आवाज