नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
बजेट विधेयक संसदमा २४ गते पेश गर्ने तयारी

बजेट विधेयक संसदमा २४ गते पेश गर्ने तयारी

भदौ २२, काठमाडौँ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक भदौ २४ गते संसदमा दर्ता गर्ने तयारी थालेको छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको हो । विधेयक तयार पारेर राखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । बजेट अध्यादेशमा उल्लेखित बजेटको आकारसमेत परिवर्तन गरिएको स्रोतले बतायो ।

भदौ १९ गते ९गत शुक्रबार० बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते संसद बैठक बोलाउने निर्णय गरिसकेको छ ।

तयार गरिएको विधेयक संसदमा पेश गर्नुअघि सरकारले प्रतिपक्षी दल नेकपा ९एमाले० का गतिविधि आंकलन गर्ने भएको छ । बुधबार बस्ने संसद बैठकमा सो दलको गतिविधि हेर्ने र बिहीबार संसदमा विधेयक दर्ता गराउने अर्थको तयारी छ ।

विधेयक दर्ता भएको एक साताभित्रै आवश्यक छलफल गरी विधेयक स्वीकृत गर्ने सरकारको योजना छ । आफू सरकारमा रहँदा ल्याएको बजेट अध्यादेश विस्थापित गर्न प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै विरोध गरिरहेको एमालेले भने भोलि ९बुधबार० बस्ने संसद बैठक नै अवरोध गर्नसक्ने आंकलन छ ।

ओली नेतृत्वको सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत पूर्वतयारी र बजेट नै सुनिश्चित नगरी अघि बढाएको २ हजारभन्दा बढी सडकमा नयाँ ठेक्का लगाउन रोकिसकेको छ । आफूले ल्याएको बजेट र योजना नै रोकिएकोप्रति एमाले असन्तुष्ट छ ।

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । ओली सत्ताच्युत भएपछि बनेको वर्तमान सरकारले सो अध्यादेशलाई प्रतिस्थापन गर्नेगरी विधेयक ल्याउन खोजेको हो । 

७ Sep २०२१ , २:२०pm
हाम्रो आवाज