नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
कब्रिस्तान संघर्ष समिति को सक्रियता मा प्रशासन द्वारा आवश्यक प्रक्रिया अघि बढाइयो

कब्रिस्तान संघर्ष समिति को सक्रियता मा प्रशासन द्वारा आवश्यक प्रक्रिया अघि बढाइयो

भदौ -२६, बाँके - कब्रिस्तान सञ्चालन र व्यवस्थापन सम्बन्धी बिबाद लाई टुङ्गो लगाउन नवगठित कब्रिस्तान संघर्ष समिति नेपालगन्ज सक्रिय रूपमा अगाडि बढेको छ । 

 

बाबू खान पठान को संयोजकत्व मा गठित संघर्ष समिति ले लामो समय देखि कब्रिस्तान व्यवस्थापन र सञ्चालन सम्बन्धी बिषय मा देखिएको अपारदर्शिता,गैर जिम्मेवारी र मनोमानी पुर्ण क्रियाकलाप का विरुद्ध सक्रिय रूपमा लागि परेको छ ।

 

शुक्रबार बसेको कब्रिस्तान संघर्ष समिति को बैठक ले जिल्ला प्रशासन कार्यालय बाँके ले कब्रिस्तान संघर्ष समिति को पहल मा कब्रिस्तान सञ्चालन र व्यवस्थापन सम्बन्धी बिषय मा आवश्यक  प्रक्रिया अघि बढाएको संघर्ष समिति की सदस्य शाहिदा शाह वाहिदी ले जानकारी दिएकी छिन ।

 

यही बिहीबार संघर्ष समिति को संयोजक सहित जिल्ला प्रशासन कार्यालय बाँके पुगेको समिति को अन्य पदाधिकारी हरू को टोली ले सम्बन्धित बिषयमा प्रमुख जिल्ला अधिकारी सँग छलफल गर्न खोज्दा प्रमुख जिल्ला अधिकारी बिशेष काम ले  काठमाडौँ गएको ले निमित्त प्रमुख जिल्ला अधिकारी सँग कब्रिस्तान व्यवस्थापन र सञ्चालन सम्बन्धी बिषय मा छलफल गरी हाल सम्म जिल्ला प्रशासन कार्यालय बाट सम्बन्धित बिषय मा भए गरेको क्रियाकलाप को बिबरण माँग गरिएको संयोजक बाबु खा पठान ले जानकारी दिएका छन ।

 

कब्रिस्तान सञ्चालन सम्बन्धी बिषय मा वड़ा न. ४ को कार्यालय ले प्रतिवेदन पेश गरेको जस अनुरूप नेपाल मुस्लिम समाज सेवा संघ कब्रिस्तान संचालक समिति नामक संस्था २०६३/६४ सम्म फाइल मा देखिएको तर २०७१  साल मा कुन समिति ले उपसमिति बनाएको कुनै यकीन प्रमाण न भेटिएको आफू लाई जानकारी गराइएको संयोजक बाबू खा पठान ले बताएका छन ।

 

यसका साथै २०६३ पश्चात नवीकरण सम्बन्धी कुनै कागजात न भेटिएको र २०६३ पश्चात समिति का पदाधिकारी हरू को आधिकारिक नामावली र प्रमाण बारे जिल्ला प्रशासन कार्यालय बाँके ले अध्ययन गरिरहेको संयोजक खा ले बताएका छन ।

११ Sep २०२१ , ९:५६am
हाम्रो आवाज