नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
नर्सिङ कर्मचारीलाई लक्षित गरि दुई महिने आई.सि.यु सञ्चालन सम्बन्धी तालिमको आयोजना

नर्सिङ कर्मचारीलाई लक्षित गरि दुई महिने आई.सि.यु सञ्चालन सम्बन्धी तालिमको आयोजना

असोज -११, बाँके । आईसीयू संचालन सम्बन्धि दुई दिने तालिम आज देखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुुरमा सुरु भएको छ ।  नर्सिङ कर्मचारीलाई लक्षित गरेर आयोजना गरिएको तालिम बाँकेमा पहिलो पटक  आयोजना गरिएको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशनालयको आयोजना तथा लर्डबुद्ध एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको तालिमको उदघाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले गरेका छन ।

अस्पतालका मेडिकल अधिकृत तथा नर्सिङ कर्मचारी हरु लाई आई.सी.यु सञ्चालन देखि कगम्भीर प्रकृतिका केशहरुको व्यवस्थापनमा दक्ष बनाउन तालिम आयोजना गरिएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले बताएका छन ।

तालिममा विभिन्न अस्पतालका ९ जना मेडिकल अधिकृत र १५ जना स्टाफ नर्सगरी कुल २४ जनाको सहभागिता रहेको छ ।

२७ Sep २०२१ , ३:४४pm
हाम्रो आवाज