नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
बाँकेद्वारा मोटरसाइकलसहित लाखौ सामानहरु बरामद

बाँकेद्वारा मोटरसाइकलसहित लाखौ सामानहरु बरामद

असोज १३, बाँके । अवैध रुपमा  भन्सार छलेर ल्याईएको मोटरसाइकलसहित लाखौ बराबरको  सामानहरु सशस्त्र प्रहरी बाँकेले बरामद गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार, नेपालगंज उपमहानगरपालिका वडा नं. १४ बाबुगाउँ स्थित भारतबाट अवैधरुपमा भन्सार छलेर ल्याउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलका साथै लाखौ बराबरको लत्ता कपडा तथा किराना सामान, सुपर पावर सुर्ती जस्ता सामानहरु सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलिले बरामद गरेको छ ।

बरामद गरिएको सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।

२९ Sep २०२१ , ३:५०pm
हाम्रो आवाज