नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
सहजै भन्सार जाँच पासको व्यवस्था मिलाउन विभागलाई नाडाको आग्रह

सहजै भन्सार जाँच पासको व्यवस्था मिलाउन विभागलाई नाडाको आग्रह

असाेज १४, काठमाडौं । नाडा अटोमोबाइल्स नेपालले भन्सार विभागका महानिर्देशकलाई भन्सार जाँच पासमा सहजीकरण गरिदिन अनुरोध गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टोलीले विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई यस्तो आग्रह गरेको हो । विभागले हालसालै जारी गरेको भन्सार निर्देशक लगायतका विषयमा समेत छलफल भएको नाडाले जानकारी दिएको छ । उक्त भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउने क्षेत्र भएको बताए ।

छलफलको क्रममा अध्यक्ष दुलालले नाडा र भन्सार विभागबीच सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढने विषयमा लिखित समझदारी समेत भईसकेको जानकारी दिए । उक्त छलफलमा महासचिव सुनिल रिजालले एच.एस कोड परिर्वतन र साफ्टा सुविधा अन्तर्गत आउने अटोमोबाइल वस्तुहरुको वर्गीकरणमा स्पष्टता हुनु पर्ने बताए ।

महानिर्देशक सापकोटाले भन्सार जाँच पासमा थप सहजीकरण गर्ने बताउँदै व्यवसायीहरुका लागि अनलाईन पेमेन्ट र भेहिकल स्क्यानरको व्यवस्था समेत गरिने बताए । सापकोटाले भन्सार विभागले अव ट्रस्टेड ट्रेडर्सहरुको प्रोफाइल समेत तयार गर्न लागेको बताए ।

 

३० Sep २०२१ , १२:४९pm
हाम्रो आवाज