नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
कम्प्युटर एशोसिएशनको १३ औं बार्षिक साधारणसभा नेपालगञ्जमा सम्पन्न

कम्प्युटर एशोसिएशनको १३ औं बार्षिक साधारणसभा नेपालगञ्जमा सम्पन्न

असोज- १७, बाँके । कम्प्युटर एशोसिएशन बाँके शाखा को १३ औं बार्षिक साधारणसभा नेपालगञ्जमा सम्पन्न भएको छ । कम्प्यूटर एशोसिएशनका अध्यक्ष शिशिर नारायण श्रेष्ठको साभापतित्वमा भएको साधारण सभामा दुई आर्थिक वर्षको आर्थिक तथा प्रगति विवरण पेश गरिएको छ ।

लामो समय देखि कोरोना माहामारीका कारण एशोसिएशनको वार्षिक साधारणसभा हुन नसके पनि  सामान्य अवस्था कायम भएपछि अहिले वार्षिक साधारण सभाको आयोजना गरिएको छ। 

प्रविधिको बिकासमा कम्प्यूटर व्यव्सायीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले कम्प्यूटर व्यव्सायहरूलाई सहज वातावरणको सिर्जना गरी व्यवसाय फस्टाउन आवश्यक रहेको बताइएको छ ।

 

३ Oct २०२१ , १२:०२pm
हाम्रो आवाज