नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
लेनदेन मुद्दामा सजाय पाएका फरार तिलक अहिर बाँके प्रहरीको नियन्त्रणमा

लेनदेन मुद्दामा सजाय पाएका फरार तिलक अहिर बाँके प्रहरीको नियन्त्रणमा

असोज -१७, बाँके । बाँके को जानकी गाउँ पालिका वड़ा न. १ बस्ने तिलक राम अहिर  जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा पक्राउ गरिएको छ ।

लेनदेन मुद्दामा संम्मानित जिल्ला अदालत बाँकेबाट छ महिना कैद र तीन लाख पचास हजार जरिवान सजाय पाएका अहिर हालसम्म फरार रहेका थिए ।

हाल सम्म फरार रहेका अहीरलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको प्रहरी टोलीले आज पक्राउ गरेको छ । पक्राउ गरिएका अहिरलाई आवश्यक कारबाहीका लागि संम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

 

३ Oct २०२१ , १२:२५pm
हाम्रो आवाज