नेपाली समय:

वि.सं २०७८ कार्तिक ८   सोमवार

EnglishEN
बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता

बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता

बर्दिया, १९ असोज (रासस) । बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् । 

बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् ।   

५ Oct २०२१ , १०:५३am
हाम्रो आवाज