नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
नेपालगञ्जको वडा नम्बर १ मा युवकको शव फेला ।

नेपालगञ्जको वडा नम्बर १ मा युवकको शव फेला ।

असोज १९, बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ गायत्री मन्दिर नजि कै खाली जमिनमा एक युवकको शव भेटिएको छ ।  राजापुर बर्दिया घर भएका तर परिवार सहित नेपालगंज वडा नं. १ मा बस्दै आएका १९ वर्षिय रोहित थारुको शव मृत अवस्था मा फेला परेका छ ।

आज बिहान करिब आठ बजेको समयमा खेतमा युवकको शव देखिएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीको पहिलो चरणको अनुसंधानबाट फेला पारिएको शव हत्या गरेर फालेको जस्तो नदेखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधु सुधन न्यौपानेले बताएका छन  । 

५ Oct २०२१ , ३:१५pm
हाम्रो आवाज