नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
अन्ततः उद्योगमन्त्री हमालले बुझाए राजीनामा

अन्ततः उद्योगमन्त्री हमालले बुझाए राजीनामा

असाेज २४, काठमाडौं । उद्योगमन्त्री गजेन्द्र हमालले आइतबार बिहान राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीको सचिवालयले केहीबेरअघि हमालले मन्त्री पदबाट राजीनामा दिएर फर्किसकेको रातोपाटीलाई बतायो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् । 

 

 

१० Oct २०२१ , ११:१०am
हाम्रो आवाज