नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
मान्छे मरेको ‘पासो’ महँगोमा बेच्ने भन्दै सुनाकोठीमा महिलाको हत्या

मान्छे मरेको ‘पासो’ महँगोमा बेच्ने भन्दै सुनाकोठीमा महिलाको हत्या

असाेज २४, काठमाडौं । ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा कमला तामाङको हत्या भयो । नुवाकोट घर भएकी ४५ वर्षीया कमलाको शव भदौ २५ मा बिहान फेला परेको थियो । टहरोमा एक्लै बस्ने कमलाको हत्या आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी र मोरङ घर भएका २० वर्षीय सुमन मगर छन् ।

मान्छे मरेको डोरीको ‘पासो’ महँगोमा बिक्री हुने हल्ला सुनेपछि उनीहरुले योजनाबद्ध रुपमा कमलाको हत्या गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । कमलाको हत्या गरेको भोलिपल्ट बिहान उनीहरुले नुहाइ धुवाई गरेर पासोलाई पूजा गरे । मान्छे मार्न प्रयोग भएको पासो ऐनामा नदेखिने भ्रम उनीहरुलाई थियो । ‘ऐनामा पासो देखिएपछि सो डोरी उनीहरुले खोलामा बगाएको अनुसन्धानबाट थाहा भएको छ’ एसएसपी खापुङले भने–‘घटनाबारे थप अनुसन्धान गर्दै छौं ।’

१० Oct २०२१ , १:२१pm
हाम्रो आवाज