नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
केहि दिन अघि चोरी भएको मोटरसाइकल फेला पारियो

केहि दिन अघि चोरी भएको मोटरसाइकल फेला पारियो

असोज २५, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज वड़ा न ६ बस्ने ईश्वर ढकालको घरबाट यही असोज २१ गते चोरी भएको मोटरसाइकल फेला पारी मोटरसाइकल धनीलाई बुझाएको छ । 

इलाका प्रहरी कार्यालय बनकट्टीले  नेपालगन्ज  वडा नं. ६ का ईश्वर ढकालको घरबाट चोरी भएको भे ८ प ७८०८ नम्बरको बजाज २२० सिसीको मोटरसाइकल चोरी भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्बन्धित पक्षले निबेदन दर्ता गराएको थियो।

यही असोज २२ गते चोरी भएको उक्त मोटरसाइकललाई बनकट्टी कू का इन्चार्ज प्रहरी नायब निरीक्षक गोपाल शर्माकोको कमांडमा खटीएको प्रहरी टोलीले  डुडुवा ५ राप्ती पुल नजिकबाट फेला पारेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

११ Oct २०२१ , २:०८pm
हाम्रो आवाज