नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, साँझ शपथ

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, साँझ शपथ

असोज २५, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले सोमबार बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
 विश्वकर्मालाई  विना विभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए । उनका अनुसार डोबाटेको शपथ साँझ पाँच बजेका लागि तय गरिएको छ । 

यसअघि मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा अन्तिममा उनको नाम काटेर बिन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो । काँग्रेसमा व्यक्तिवादी गुटका कारण दलित र पुरानो नेतालाई पाखा लगाएको भन्दै मुख्यमन्त्री पोखरेलको तीव्र आलोचना भएको थियो ।

मुख्यमन्त्री पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौं गएर प्रधानमन्त्री शेरबहादुर देउवासँग उनलाई मन्त्री बनाउन सहमति लिएका थिए । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् । कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा रहेको छ ।

यसअघि पृथ्वीसुब्बा गुरुङले ७ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । आफ्ना सत्ता जोगाउन अन्तिम चरणमा आएर उनले विवादित छवि भएका राजिव गुरुङ ९दिपक मनाङे० लाइ मन्त्री बनाएर ८ सदस्यीय बनाएका थिए।

११ Oct २०२१ , २:४३pm
हाम्रो आवाज