नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
गोरखामा ४.३ रेक्टरको परकम्प

गोरखामा ४.३ रेक्टरको परकम्प

असोज ३१, काठमाडौँ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका बरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । परकम्पको धक्काको महशुस भई स्थानीय वासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो ।

१७ Oct २०२१ , १२:०७pm
हाम्रो आवाज