नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
३ सय ९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

३ सय ९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

असाेज ३१, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् । 

सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।

१७ Oct २०२१ , ५:२३pm
हाम्रो आवाज