नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
बाढी पहिरामा परी थप दुई जनाको मृत्यु

बाढी पहिरामा परी थप दुई जनाको मृत्यु

डोटी, ३ कात्तिक । चार दिनदेखिको बेमौसमी बर्षाका कारण आएको बाढी पहिराबाट जिल्लामा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार  सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायालाई छत्रे खोलाले बगाउँदा मृत्यु भएको हो । उनको १०० मिटर तल खोला किनारमा शव भेटिएको हो भने सायल –५ गुरेनामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई  घाइते भएका छन् ।

मृत्यु भएकाको पहिचान नखुलेको र थप उद्धारका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढी पहिराका कारण जिल्लामा मङ्गलबार नौजना मृत्यु भएको थियो । जिल्लामा अहिले पनि बर्षा भइरहेको छ भने विद्युत्, सञ्चार सम्पर्क अवरुद्ध भएको छ ।

२० Oct २०२१ , १०:२५am
हाम्रो आवाज