नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
फेरी बदली र वर्षा

फेरी बदली र वर्षा

काठमाडौं, कात्तिक ५ । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि बदली रहेको छ । बदलीका कारण उपत्यकामा केही चिसो महसुस गरिएको छ । काठमाडौँको अधिकतम २८ दशमलव पाँच र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

२२ Oct २०२१ , ११:०३am
हाम्रो आवाज