नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
एमाले १० औं महाधिवेशन : उद्घाटन सत्रमा ५ लाख सहभागी गराउने तयारी

एमाले १० औं महाधिवेशन : उद्घाटन सत्रमा ५ लाख सहभागी गराउने तयारी

काठमाडौं, कात्तिक ५ । एमालेको १० औं महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । एमाले स्थायी कमिटी बैठकले चितवनमा केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरेलगत्तै त्यसको तयारीमा प्रदेश कमिटी जुटेको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए  ।

पार्टीले महाधिवेशनका लागि कसैसँग चन्दा नमाग्ने बताउँदै उनले उद्घाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी गराउने तयारी रहेको जानकारी दिए ।  प्रचण्डको गृह जिल्ला छानेर काउन्टर दिन खोजेको हो भन्ने पत्रकारको जिज्ञासामा पोखरेलले एमालेको प्रतिस्पर्धा कुनै दलसँग नभै पाँच दलीय गठबन्धनसँग भएको बताए ।

पोखरेलले एमालेले एक्लैले संसदीय चुनावमा बहुमत ल्याउने दावीसमेत गरे । एमाले चितवनका इन्चार्ज काशीनाथ अधिकारीले अनेक धक्का र विश्वासघातका बाबजुद पनि एमाले सशक्त ढंगले अगाडि बढ्ने सन्देश महाधिवेशनले दिने बताए ।

२२ Oct २०२१ , २:४९pm
हाम्रो आवाज