नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
गोलाबाट पेशी तोक्न प्रधानन्यायाधीश सहमत, सोमबार फूलकोर्ट बैठक डाकियो

गोलाबाट पेशी तोक्न प्रधानन्यायाधीश सहमत, सोमबार फूलकोर्ट बैठक डाकियो

काठमाडौं, कात्तिक ७ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतको दैनिक पेशी गोलाप्रथाका आधारमा तोक्न सहमत भएका छन् । सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आइतबार भएको छलफलमा जबराले मंगलबार अदालतको फूलकोर्ट बैठक बोलाउने सहमति जनाएका छन् ।

नेपाल बार र सर्वोच्च अदालतबीच विवाद बढ्दै गएपछि आइतबार बारका प्रतिनिधिहरुले प्रधानन्यायाधीश जबरासँग भेट गरेका हुन् । भेटमा जबराले न्यायालयको सुधारका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् । बारले २०७७ श्रावण २५ मै न्यायालय सुधारका लागि अनुरोध गरेको थियो । प्रधानन्यायाधीश जबराले न्यायालय सुधारसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।

त्यसैगरी, दैनिक पेसीमा चलखेल हुने गरेको भन्दै यसलाई स्वचालित बनाउने र गोला प्रथामा लैजाने सन्दर्भमा पटक–पटक बारले अदालतको ध्यानाकर्षण गराउँदै आएको थियो । बारले यसबारे २०७८ आश्विन १८ गते विज्ञप्ति नै निकालेर सजग गराएको ।

त्यसैगरी प्रधानन्यायाधीश जबराले मन्त्रीमा भागवण्डा खोजेको विषयमा पनि बारले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको थियो । २०७६ वैशाख ६ गतेदिख पटक(पटक गराइएको ध्यानाकर्षण कार्यान्वयन नभएकाले त्यही सम्बन्धमा कुरा गर्न आइतबार प्रधानन्यायाधीशसँग भेटवार्ता गरेको बारका एक सहभागी प्रतिनिधिले बताए ।

यसैक्रममा आइतबारको छलफलमा प्रधान न्यायाधीश जबराले सोमबार बिहान १ः३० बजे फूल कोर्टको बैठक डाक्ने प्रतिवद्धता जनाएको उनले बताए । सोमबार फुलकोर्टको बैठक बसेपछि मंगलबारदेखि नमुना गोलाप्रथा सुरू गर्ने र त्यसपछि गोला तानेर पेशी तोक्ने सहमति जुटेको बारका प्रतिनिधिले जानकारी दिए ।

बारका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा प्रधानन्यायाधीश जबराले भने, ‘भागबण्डा र गजेन्द्र हमालको सम्बन्धमा मैले सरकारलाई भनेको छैन । बरू गजेन्द्रलाई मन्त्री नबनाइदिनू चाहिँ मैले भनेको हो ।’ स्वार्थ समूहहरूको धेरै चलखेल चाहिँ पेशी तोक्ने क्रममै हुन्छ भन्नेमा प्रधानन्यायाधीशको स्वीकारोक्ति थियो । तर, यसमा केही समय दिनुस् भन्ने माग उनले गरेको स्रोतले बतायो ।

२४ Oct २०२१ , ४:०८pm
हाम्रो आवाज