नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN

कब्रिस्तान सँघर्ष समिति द्वारा प्रमुख जिल्ला अधिकारी समक्ष उजूरी दर्ता : प्रशासन ले सात दिन भित्र सूचना दिनुपर्ने

हाम्रो आवाज -संवाददाता

कार्तिक -९, बाँके - नेपालगन्ज उपमहानगरपालिका वड़ा न ४ स्थित मुस्लिम समुदाय को कब्रिस्तान सञ्चालन तथा त्यसको व्यवस्थापन सम्बन्धी विषय मा केहि महिना अघि सुरू भएको विवाद अहिले उत्कर्ष मा पुगेको छ । 

नेपाल मुस्लिम समाज सेवा संघ (कब्रिस्तान संचालक समिति) को नाम बाट दर्ता भएको संस्था को व्यस्थापन र संचालन मा वर्षों देखि आर्थिक अनियमितता र अपारदर्षिता चलिआएको दाबी गर्दै आएको कब्रिस्तान सँघर्ष समिति ले  जिल्ला प्रशासन कार्यालय (बाँके) समक्ष ज्ञापन पत्र बुझाएको थियो तर यसरि जानकारी प्राप्त गर्न खोज्दा सहज तारिका ले जानकारी प्राप्त हुन नसकेकोले सुचना को हक सम्बन्धी ऐंन २०६४ अन्तर्गत लिखित रूपमा सुचना माँग गरेको थियो ।  यसरि मांग गरेको सूचना प्राप्त गर्ने १५ दिन गुज्रिंदा हिजो सूचना प्राप्त गर्न संघर्ष समिति बाँके जिल्ला प्रशासन पुगेको थियो । तर यसरि प्राप्त गरेको सूचना आंशिक भएकोले सूचनाको हक सम्बन्धि दोश्रो चरणको रूपमा आज मंगलबार जिल्ला प्रशासन कार्यालय बाँके का प्रमुख जिल्ला अधिकारी समक्ष तथ्यमा आधारित पुर्ण सुचना को माँग गर्दै कब्रिस्तान संघर्ष समितिको तर्फ बाट उजुरी दर्ता गराएको समितिका संयोजक बाबु खान पठान ले बताएका छन् ।

संघर्ष समितिले सुचनाका लागि दिएको निवेदन बुझ्दै बांकेका प्रमुख जिल्ला अधिकारीले आफु भर्खरै आएकोले विस्तृत रुपमा बुझेर कागजात संकलन र समितिका पदाधिकारी हाजिर गराउने तर्फ यथास्रीघ आवश्यक पहल चाल्ने आश्वासन दिएका छन् । यसरी दोस्रो चरणको सुचना माग गर्दा बांके जिल्ला प्रशासन कार्यालयले सत्यतथ्य खोजबिन गर्न सकृयता साथ लाग्ने छ र समुदायलाई यथार्थ जानकारी प्राप्त हुनेछ भनी संघर्ष समितिका पदाधिकारीहरु पनि विश्वस्त र आशावादी भएकाछन् पठान ले बताएका छन् ।

सूचना को हक प्रयोग गरेर यसरि कार्यालय प्रमुख समक्ष दोश्रो उजूरी दिएपछि जिल्ला प्रशासन बाँके ले अबको सात दिन भित्र माँगेको सूचना पूर्ण रूपमा लिखित दिनुपर्ने हुन्छ ।

२६ Oct २०२१ , ९:५६pm
हाम्रो आवाज