नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौं, कात्तिक ३० । मंगलबार बिहान भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिन्धुपाल्चोक स्थायी घर भइ भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

बिहान ४:१५ भएको दुर्घटनामा बजे बागमती प्रदेश ०३–०२७ प २३५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । उनको उपचारको क्रममा मध्यपुरथिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

१६ Nov २०२१ , ११:०६am
हाम्रो आवाज