नेपाली समय:

वि.सं २०८१ बैशाख २७   बिहीवार

EnglishEN
कपिलवस्तुमा तीनवटा मोटरसाइकल ठोक्किए, चालकको मृत्यु

कपिलवस्तुमा तीनवटा मोटरसाइकल ठोक्किए, चालकको मृत्यु

कपिलवस्तु, मंसिर १२ । कपिलवस्तुमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा विजयनगर ६ खजहानी डिहवा बस्ने अन्दाजी २५ वर्षीय वंशीलाल चौहानको मृत्यु भएको हो ।  

जिल्लाको विजयनगर ६ फरेनी चोकमा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा ३ मोटरसाइकल एकआपसमा ठोकिएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मोटरसाइकल ठोक्किँदा दुर्घटनाबाट २ जना घाइते भएका छन् । उनीहरुको चन्द्रौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ ।

ठोक्किएका  लु १३ प ३०९८ र लु ३४ प ७०५४ को मोटरसाइकल प्रहरीले नियन्त्रण लिएको छ । अर्का एक व्यक्ति मोटरसाइकल लिएर फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ ।

२८ Nov २०२१ , ५:१९pm
हाम्रो आवाज