नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

जाजरकोट, १४ मङ्सिर । जाजरकोटका चार पालिकामा नेकपा ९ माओवादी केन्द्र०को अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसाथ भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नुभएको हो । 

नलगाड, भेरी नगरपालिका, कुशे र बारेकोट गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नलगाड नगर कमिटीको अध्यक्षमा गणेश सिंह, उपाध्यक्षमा अमर वली, बालकुमारी बस्नेत, गुमान रावत, सचिवमा प्रचण्ड वली, सहसचिवमा वीरबहादुर खड्का र कोषाध्यक्षमा तेजबहादुर परियारलाई सर्वसम्मत चयन गरेको छ । 

यस्तै बारेकोट गाउँ कमिटीको अध्यक्षमा हरिबहादुर थापा, उपाध्यक्षमा योगेन्द्र सिंह, ओमबहादुर नेपाली, दलबहादुर सिंह, सचिवमा वसन्त शाही, सहसचिवमा प्रेम बोहरा र रमा रावत चयन हुनुभएको छ । भेरी नगर कमिटीको अध्यक्षमा दीपक बस्नेत, उपाध्यक्षमा मनबहादुर शाही, ललित बस्नेत, टेकबहादुर रोकाय, सचिवमा मीना पुन, सहसचिवमा खीमबहादुर विक र कोषाध्यक्षमा भीमहादुर खत्री चयन हुनुभएको छ । 

यस्तै कुशेमा गाउँ कमिटीको अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षमा मानबहादुर विक, विकास रोकाय, नीरजकुमार पुन, कोषाध्यक्षमा सरस्वती विष्ट, सचिवमा कृष्णबहादुर शाही र सहसचिवमा बविता चनारालाई चयन गरिएको  कुशेगाउँ कमिटीले जनाएको छ । 

३० Nov २०२१ , १०:३१am
हाम्रो आवाज