नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बालविवाह मुक्त वडा घोषित

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बालविवाह मुक्त वडा घोषित

मंसिर १४, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बालविवाह मुक्त वडा घोषणा गरिएको छ । एक कार्यक्रमका बीच वडा नम्बर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीको प्रमुख आतिथ्यमा वडा नम्बर ६ का अध्यक्ष जनक बहादुर थारुले वडालाई बालविवाह मुक्त घोषणा गरेका छन ।

घोषणासभामा उपाध्यक्ष खत्रीले बालविवाह जस्तो कुरितीलाई सबैले मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिएका छन ।

२० प्रतिशत भन्दा कम बालविवाह भएको अवस्थामा बालविवाह मुक्त घोषणा गर्न मिल्ने निर्देशिका अनुसार वडा नम्बर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको स्याक नेपालका बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापाले जानकारी दिएका छन।

३० Nov २०२१ , ११:३५am
हाम्रो आवाज