नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
भारतमा ओमिक्रोन संक्रमितको संख्या थपिदै : नेपाल पनि उच्च जोखिममा,सावधान रहन चिकित्सकको सुझाव

भारतमा ओमिक्रोन संक्रमितको संख्या थपिदै : नेपाल पनि उच्च जोखिममा,सावधान रहन चिकित्सकको सुझाव

मंसिर २१, बाँके । नेपालगन्जः भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेपछि भारतसँग सीमा नाका जोडिएको नेपालमा पनि ओमिक्रोनको सङ्क्रमण तीव्र गतिमा फैलिन सक्ने कुरालाई ध्यानमा राखी दैनिक जीवनका क्रियाकलाप गर्नु पर्ने चिकित्सकहरू रले सुझाव दिएका छन ।

भारतमा हिजो मात्र करिब १७ जनालाई ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको पाइएको छ । यो सहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको बी.बी.सी.ले जनाएको छ ।

भारतमा बढ्दै गएको ओमिक्रोनको संक्रमणले नेपाललाई पनि प्रभावित गर्न सक्ने बिषयलाई ध्यानमा राखी जुनसुकै परिस्थितिका लागि तयार रहने चिकित्सकहरूले सुझाव दिएका छन ।

७ Dec २०२१ , ३:४९pm
हाम्रो आवाज