नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
सर्लाहीमा शेखर निकट अमशेर महाधिवेशन प्रतिनिधिमै पराजित

सर्लाहीमा शेखर निकट अमशेर महाधिवेशन प्रतिनिधिमै पराजित

काठमाडौं, मंसिर २२ । नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट सिंह २४८ मत मात्रै ल्याएर महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। 

सभापतिका दाबेदार शेखर कोइरालाको निकट उनी मधेसी कोटामा सहमहामन्त्रीको उम्मेदवार बन्ने तयारीमा थिए । महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि सहमहामन्त्रीको उम्मेदवार भन्ने आकांक्षामा धक्का लागेको छ ।

सर्लाही क्षेत्र नम्बर ४ बाट सभापति शेरबहादुर देउवा पक्षको प्यानल नै विजयी भएको सर्लाही काँग्रेस सभापति नगेन्द्र रायले रातोपाटीलाई बताए । देउवा निकट रायले भने, ुसर्लाही क्षेत्र नम्बर ४ मा सभापति शेरबहादुर देउवाको प्यानलका सबै महाधिवेशन प्रतिनिधिका उम्मेदवार विजयी हुनुभएको छ । सर्लाही क्षेत्र नम्बर ४ को कार्यसमितिमा पनि हाम्रो पक्षले क्लिन स्विप पारेको छ ।

सर्लाहीमा क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेकोले आफूहरु पराजित हुन परेको सिंह पक्षको आरोप छ । सभापति रायका अनुसार क्षेत्र नम्बर ३ मा उम्मेदवारी फिर्ता लिने समय आज रहेको छ भने क्षेत्र नम्बर १ मा मतगणना जारी  छ । क्षेत्र नम्बर २ मा आज बिहान ९ बजेदेखि मतदान सुरू हुने छ ।

८ Dec २०२१ , ९:४४am
हाम्रो आवाज