
इकरा एजुकेशनल फाउंडेशन को १२ औ वार्षिक साधारण सभा सम्पन्न
पुष्- ३
बाँके -इकरा एजुकेशनल फाउंडेशन को १२ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
इकरा एजुकेशनल फाउंडेशन का संस्थापक अध्यक्ष शक्ति कुमार बंशकार को अध्यक्षता मा प्रारम्भ भएको साधारण सभा मा संस्था का पदाधिकारी तथा अधिकारकर्मी हरू को उपस्थिति रहेको थियो ।
कोरोना कालीन बिषम परिस्थिति मा संस्था लाई व्यहोर्नु परेको नोक्सान र समग्र आयआर्जन को बिषय लाई पारदर्शी रूपमा सभा मा उपस्थित सदस्य तथा पदाधिकारी हरू को बीच मा छलफल गरी आवश्यक परामर्श का साथ आगामी कार्ययोजना तय गरिएको संस्था का अध्यक्ष बंशकार ले बताएका छन।
वर्षों देखि सामाजिक क्षेत्र मा समाजकल्याण को बिषय मा अग्रपंगति मा रही कार्य गर्दै आएको 'इकरा' ले आगामी दिनहरु मा पनि सामाजिक उत्थान तथा विकास मा क्रियाशील हुने प्रतिबध्दता समेत संस्था का अध्यक्ष शक्ति कुमार बंशकार ले जनाएका छन ।
कोरोना महामारी का कारण बिगत वर्ष हुन नसकेको इकरा एजुकेशनल फाउंडेशन को यो साधारण सभा १२औ साधारण सभा रहेको जनाइएको छ ।