नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
महेस्वारी इट्टा भाटाको गाडीको ठक्करबाट २ बर्षे नाबालकको मृत्यु, सरोकारवाला पक्षा माैन

महेस्वारी इट्टा भाटाको गाडीको ठक्करबाट २ बर्षे नाबालकको मृत्यु, सरोकारवाला पक्षा माैन

पुस ४, काठमाडौं । सुर्यविनायक नगरपालिका -८ भक्तपुरमा भाटाका गाडीले ठक्कर दिदा भट्टाका मजदुर चमार सिङह लामाको २ वर्षीय नाबालक छोराको  मृत्यु भएको छ।  यहि पुष २ गते दिउसो अन्दाजी १:४८ बजे काभ्रे पलान्चोक जिल्ला पच्कहल नगरपालिका वडा नम्बर २ स्थायी घरभएका २६ बर्षीय राज लामाले चलाएका  बा २ का १४१ नम्बर को निसान गाडीले ठक्कर दिदा बालकको मृत्यु भएको हो।  

घटनाका सम्बन्धमा मृतकका बाबु आमाले पुष ३ गते महानगरीय प्रहरी बृत जगाती भक्तपुरमा निष्पक्ष छानबिन र क्षतिपूर्ति समेत माग गर्दै गाडी चालक तथा गाडी साहु उपर कारबाही गरिपाउ भनि निबेदन पेश गरेको छ। काभ्रे पलान्चोक जिल्ला रोशी गाउपलिका -३ स्थायी घर ठेगाना रहेका  मृतकका बाबु आम नाबालक बच्चा सहित १ महिना अगाडी इट्टा बनाउने मजदुरका रुपमा उक्त भट्टामा आएका थिए। सामान्य ज्यालामजदुर बाट गुजारा गर्ने लामाको र बोलिदिने कोहि नहुदा दोषी उपर कुनैपनि किसिमको कारबाहीको पहलकदमी नभएको बुझिएको छ। 

मृतक बाबु चमार सिंह लामाका अनुसार अहिलेसम्म "सरोकारवाला कोहि पनि नआएको छलफल समेत नभएको छोरा गुमाएको पिडामा परेका आफ्ना सम्बन्धमा केहि पहल नभएको र प्रहरी  कार्यालय   भित्र समेत गई प्रहरीलाई बुझ्न खोज्दा जाहेरी दिनु भन्यो जाहेरी दियो बाहिर गएर बस भन्यो बाहिर बस्यो दिन भरि'' '' बेलुकी अहिले घर जाउ भोलि साहु आउछ छलफल गरौला भनेर प्रहरीले भनेको र हस्पिटलमा लास कुर्न जान सल्लाह दिएको बत्ताए''। आफु इट्टा भट्टाका मजदुर भएकोले सहरमा डेरा नभएको ले कहाँ जाने भोलि किन आउने समेत अन्योल अवस्थामा भएको कुरा उनले बताए। उक्त सम्बन्धमा महानगरीय प्रहरी बृत जगाती भक्तपुरका प्रहरी प्रमुख प्रहरी डिसपी राम बहादुर केसिका अनुसार पिडित र पीडक दुइ पक्षमा हुनुपर्ने छलफल भइरहेको बताए भोलि टुङ्किने कुरा छ भने तर पिडितलाई थाहा नभएको जानकारी दिए।

१९ Dec २०२१ , ४:०७pm
हाम्रो आवाज