नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
सानाका लागि इरानी राजदूतको कोभिड - १९ का कारण मृत्यु

सानाका लागि इरानी राजदूतको कोभिड - १९ का कारण मृत्यु

तेहरान, ६ पुस, (रासस / सिन्ह्वा) । इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले मङ्गलबार यमनी हुथीहरूको नियन्त्रणमा रहेका सानाका लागि तेहरानका राजदूतको कोभिड(१९ संक्रमणबाट मृत्यु भएको जनाउँनु भएको छ। राजदूत हसन इर्लू सानामा आफ्नो मिशनको ठाउँमा कोरोना सङ्क्रमित भएका थिए ।   

दुर्भाग्यवश, उहाँ प्रतिकूल अवस्थामा स्वदेश फर्कनुभयो, र उहाँको अवस्था सुधार गर्न सबै उपचार उपायहरू प्रयोग गर्दा पनि आज बिहान उहाँको  निधन भयो, उनले थपे।
इराकले आइतबार इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेपछि इर्लूलाई तेहरानमा पठाइएको थियो।

२१ Dec २०२१ , ५:२७pm
हाम्रो आवाज