नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
कुटपिटबाट श्रीमतीको मृत्यु

कुटपिटबाट श्रीमतीको मृत्यु

किमाथाङ्का, ७ पुस (रासस) । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान्को कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई ९लिम्बू०को मृत्यु भएको हो । 

प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो । 

यस्तै मङ्गलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ । दुवै जनाबीच  विवाद हुँदा कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा जीवनलाई प्रहरीले पक्राउ गरेको छ ।  

२२ Dec २०२१ , १०:१०am
हाम्रो आवाज