नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला

प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला

बुटवल, ९ पुस । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० सुशीलकुमार यादव मृत फेला पर्नुभएको  छ । उहाँ भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उहाँले भन्नुभयो, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।” यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत हुनुहुन्थ्यो । मृत्युको कारण खुल्न सकेको छैन । 

२४ Dec २०२१ , २:२९pm
हाम्रो आवाज