नेपाली समय:

वि.सं २०७९ जेठ १०   मंगलवार

EnglishEN
हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

म्याग्दी, १६ पुस (रासस) । एक जना बेपत्ता हुने गरि  धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ ।

गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको थियो । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र पर्नुभएको थियो । 

काठमाडौँबाट हेलिकप्टरमा सेनाको टोली गुर्जाको मानिस बेपत्ता र अलपत्र परेको ठाउँमा पुगेर फर्किएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो । उहाँका अनुसार अलपत्र परेका तीन जनालाई खाद्यान्न र बेपत्ताको खोजिका लागि गुर्जाका चार जनालाई सुकेलट्टे पु¥याएर सेनाको टोली हेलिकप्टरमा फर्किएको हो । 

करिब चार÷पाँच फिट तल पुरिएका रामबहादुरको हिउँ पग्लेपछि खोजी गर्ने त्यहाँ पुगेका स्थानीयले बताएका गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताउनुभयो । गोठ भएको ठाउँमा रातिको समयमा हिउँपहिरो आएर क्षति भएको उहाँले जानकारी दिनुभयो । 

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल सेवा पनि अवरुद्ध भएको छ । छिमेकी लुलाङबाट गुर्जा पुग्न पुरै एक दिन हिँड्नु पर्छ । पैदल हिँडेर घटनास्थल पुग्न नसकिने भएपछि उद्दार र बेपत्ताको खोजीमा सेनाको हेलिकप्टर बोलाइएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । 

३१ Dec २०२१ , ११:२३am
हाम्रो आवाज