नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
सुनको मूल्य प्रतितोला ९३ हजार ४००

सुनको मूल्य प्रतितोला ९३ हजार ४००

काठमाडौँ, १८ पुस । सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९२ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २७० पुगेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२९ डलर आसपास कारोबार भइरहेको छ । 

२ Jan २०२२ , १:०६pm
हाम्रो आवाज