नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
एमाले जिल्ला अधिवेशन : काभ्रे अध्यक्ष र उपसचिव सर्वसम्मत

एमाले जिल्ला अधिवेशन : काभ्रे अध्यक्ष र उपसचिव सर्वसम्मत

काभ्रेपलाञ्चोक, २५ पुस । नेकपा (एमाले)को काभ्रेको १०औँ जिल्ला अधिवेशनले अध्यक्ष  र एक उपसचिव पदमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा अशोक ब्याञ्जू र उपसचिवमा रीता ढकाल चयन हुनुभएको हो ।

शनिबार अबेरसम्म भएको छलफलबाट उहाँहरु चयन हुनुभएको हो । ब्याञ्जू हाल नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरका प्रमुख हुनुहुन्छ । ढकाल तत्कालीन समयमा नेकपा (माओवादी केन्द्र)बाट मण्डनदेउपुर नगरप्रमुखको उम्मेदवार हुनुभएको थियो । 

अन्य पदाधिकारी र सदस्यको आज धुलिखेलमा निर्वाचन हुँदैछ । १०५ जिल्ला कमिटीमध्ये अब एक उपाध्यक्ष, एक सचिव, एक उपसचिव र सदस्यमा मतदान हुनेभएको हो । 

तनहुँमा श्रेष्ठ सर्वसम्मत

नेकपा (एमाले) तनहुँका अध्यक्षपदमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । शनिबार उम्मेदवारी दर्ताका क्रममा उहाँको मात्रै उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस अगाडि उपाध्यक्ष रहनुभएका श्रेष्ठ नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिनुभयो । 

अध्यक्ष बाहेकका पदमा भने आवश्यक सङ्ख्याभन्दा बढीको उम्मेदवारी दर्ता भएपछि निर्वाचन हुने भएको छ । उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा र मोहन सुनारको उम्मेदवारी दर्ता भएको छ । सचिवमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकालको उम्मेदवारी दर्ता भएको छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल र देवु विष्टको उम्मेदवारी दर्ता भएको छ । 

आइतबार बिहान दाबीविरोध, उम्मेदवारी फिर्ताको समय रहेको छ । समयभित्र उम्मेदवारी फिर्ता नभए दिउँसो १ बजेबाट मतदानको तयारी गरिएको निर्वाचन समितिका संयोजक ढकालले जानकारी दिनुभयो । म्याग्दे, बन्दीपुर, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकाबाट प्रतिनिधित्व हुने सदस्य पनि सर्वसम्मत निर्वाचित भएका छन् । 

अधिवेशनले अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव चयन गर्नेछ । प्रत्येक नगरपालिकाबाट पाँच खुला र दुई महिला गरी २८, प्रत्येक गाउँपालिकाबाट तीन खुला र दुई महिला गरी ३०, अल्पसङ्ख्यकको तर्फबाट दुई खुला र एक महिला गरी तीन, मजदुरबाट दुई खुला र एक महिला गरी तीन, दलितबाट तीन खुला र दुई महिला गरी पाँच, आदिवासी जनजातिबाट दुई खुला र एक महिला गरी तीन, अपाङ्गबाट एक खुला र एक महिला गरी दुई सदस्य निर्वाचित गर्नेछ । खुलातर्फ १७ खुला र ९ महिला गरी २६  निर्वाचित हुनेछन् । 

९ Jan २०२२ , ९:२६am
हाम्रो आवाज